२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रभाव: सुनसान बन्यो अन्नपूर्ण पदमार्ग



अ+ अ-

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । लमजुङ बेँसीशहर हुँदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ ।

पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन् । पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन् । त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ ।

कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताए । उनका अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ । उनले भने, “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ ।”