२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई अब वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिनुहोस् !



अ+ अ-

काठमाडौ । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै अब स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ । मिर्गौलाको शल्यक्रिया गर्न उनी अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई
https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने भएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो दोस्रो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।

प्रधानमन्त्री ओली गत मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि वेभसाइटबाट स्वास्थ्य लाभको शुभकामना दिने व्यवस्था गरिएकोे थियो । प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।