१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

एनपीएल: लुम्बिनीले विराटनगरलाई हरायो

एनपीएल: लुम्बिनीले विराटनगरलाई हरायो
अ अ+ अ-

काठमाडौं। नेपाल प्रीमियर लिग(एनपीएल)को २२ औं खेलमा लुम्बिनी लायन्सले जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ५ विकेटले हराएको हो। १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि डी’आर्की शर्टले अर्धशतकीय इनिङ्स खेले । उनले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै, सन्दीप जोराले २४, निरोशन डिकवेलाले अविजित २९ रन बनाउँदा दिलिप नाथले १४ रन जोडे ।

वलिङतर्फ विराटनगरका सन्दीप लामिछाने र सुवाश भण्डारीले दुई-दुई तथा बसिर अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन जोड्यो । उसका लागि लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन जोडे ।

वलिङतर्फ लुम्बिनीका शेर मल्लले तीन तथा जोनाथन स्मित, अभिशेष गौतम र रुबेन ट्रम्पलमानले एक-एक विकेट लिए ।

जितसँगै लुम्बिनीले प्लेअफको सम्भावना कायमै राखेको छ । विराटनगरको ६ खेलमा चार जितका साथ ८ अङ्कसहित तेस्रो स्थानमा छ भने लुम्बिनी ६ खेलमा तीन जितसहित छ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।