१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने



फाइल फोटो
अ+ अ-

हेटौँडा।  हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताउनुभएको छ ।

सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपुर्‍याउन आग्रह गर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ ।

केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्‍याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्नुहुँदै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गर्नुभएको छ । रासस