१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ



अ+ अ-

बागमती । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ घर भई हाल हटाँैडा उपमहानगरपालिका–१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका– ५ वसन्तपुर निवासी २३ वर्षीय सञ्जित आले, मनहरी गाउँपालिका–३ लामिटार निवासी ३३ वर्षीय विनोदबहादुर बल र मनहरी गाउँपालिका–५ निवासी ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट करिब २० मिलिग्राम लागुऔषध खैरो हेरोइन र बा८९प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । रासस