१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी कर्णाली प्रदेश दलको नेताबाट शर्माद्वारा राजीनामा



फाइल फोटो
अ+ अ-

कर्णाली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले दल नेताबाट राजीनामा दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जिसीसमक्ष आज राजीनामा दिनुभएको हो ।

दलका प्रमुख सचेतक जिसीलाई उहाँले पत्रमार्फत सम्बोधन गर्दै लेख्नुभएको छ, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका उहाँले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै दलको नेताबाट राजीनामा दिएको जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) बिगठन भएर नेपाली कम्युनिष्ट पार्टी भएको छ । शर्माले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टीका बाँकी १२ प्रदेशसभा सदस्यबाट दलको नेता चयन गर्ने बाटो खुला भएको प्रमुख सचेतक जिसीले जनाउनुभयो ।रासस