१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्तडी आगलागीबाट दुई करोड क्षतिको अनुमान



अ+ अ-

बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेजसहितको डिपार्टमेन्ट पसलमा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट डिपार्टमेन्ट नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको उहाँले बताउनुभयो । आज दिउँसो १२ बजेर १५ मिनेटमा विद्युत्को तार सट हुँदा यहाँ आगलागी भएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । जिल्लाका नौ वटै स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुँदै आएको छ ।

 गत जेठ २३ गते बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा पनि आगलागी हुँदा ४० पसल जलेर नष्ट भएका थिए । त्यहाँ पनि स्थानीयवासी, सुरक्षाकर्मी, व्यापारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । रासस