१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व दयाराम परियार स्मृति सम्मान लिम्बू र मानव अधिकार पुरस्कार ढुङ्गानालाई



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि योगदान गर्ने मानवअधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।

आयोगका दिवङ्गत कर्मचारी स्व दयाराम परियारको नाममा स्थापित ‘स्व दयाराम परियार स्मृति सम्मान– २०८२’, मानवअधिकार विशेषतः आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रूपमा कार्यरत शङ्कर लिम्बू (इलाम) लाई प्रदान गरिने भएको छ ।

यसैगरी, दुर्गममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरूका सवाललाई जुझारु रूपमा उठान गर्ने पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई यस वर्षको मानवअधिकार पुरस्कार–२०८२ प्रदान गरिने भएको छ ।

आयोगका माननीय सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसमा आयोगको आज बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

मानवअधिकार सम्मान र पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । आयोगले उक्त सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर)को कार्यक्रममा प्रदान गर्ने जनाएको छ । रासस