१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

आगलागीजन्य घटना नियन्त्रणका लागि ड्राइराइजर प्रणाली प्रयोगमा

आगलागीजन्य घटना नियन्त्रणका लागि ड्राइराइजर प्रणाली  प्रयोगमा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगलागीजन्य घटना नियन्त्रणका लागि ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा ल्याएको छ ।

विपद् व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरी उक्त प्रणालीमार्फत काम सुरु गरिएको महानगरपालिका विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो।

उक्त प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुणयन्त्र कार्यालयका अग्निनियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले तीन हजार लिटर र तीन हजार ५०० लिटर पानी भण्डारण क्षमता भएका दुई वटा दमकलको प्रयोग गरी उक्त कार्य सुरु गरेको जोशीले जानकारी दिनुभयो ।

कामपाको केन्द्र, विपद् व्यवस्थापन विभागबाट कार्यान्वयनमा आएको ड्राइराइजर बिछ्याउने योजनाअन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का विभिन्न गल्ली गरी १४ ठाउँमा ड्राइराइजर राखिसकिएको छ ।

रु एक करोड १७ लाख २ हजार ४५० लागतमा राखिएको उक्त प्रणालीबाट कामपाभित्र वडाहरूको दुई हजार ८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना भएको छ ।

यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको कामपाले जानकारी दिएको छ । यो प्रणालीको परीक्षण जाँचका क्रममा विभिन्न वडाहरूको उक्त प्रणाली परीक्षणको सुरुआत गरीएको छ ।

केन्द्रबाट जोडिएको प्रणालीसँगै वडाहरूले वडाकै बजेटबाट पनि प्रणाली जडान भएको बताइएको छ । भूमिगत फायर ड्राइराइजर, साँघुरा गल्ली जहाँ दमकल जान सक्दैनन् । त्यस्ता ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्न जडान गरिएको, पानी पु¥याउने प्रणाली हो ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएको हुन्छ ।

दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।

आगलागीका बेला मात्र पानी प्रवाह हुने ड्राइराइजर हो । यदि त्यसमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ । दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।