१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण सरकार र लघुवित्तपीडितबीच पाँच बुदे सहमति समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परशुराम आइकन अवार्ड–२०८२’ उपसचिवद्वय धामी र नेगीलाई



अ+ अ-

डडेल्धुरा। ‘परशुराम आइकन अवार्ड–२०८२’ उपसचिवद्वव वीरबहादुर धामी र दीपक नेगीलाई प्रदान गरिएको छ ।

यहाँको परशुराम नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा आज परशुरामधाममा आयोजित कार्यक्रममा उहाँहरूलाई निजामती सेवाको माथिल्लो तहमा नाम निकालेर युवाहरूको प्रेरणा बनेको भन्दै सम्मान गरिएको हो । परशुराम नगरवासी दुवै जनाले यसै वर्ष उपसचिवमा नाम निकाल्नुभएको हो ।

आजै बसेको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार विभिन्न छ विधामा उत्कृष्ट व्यक्तित्व र कम्पनीलाई पनि सम्मान गरिएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा रु ५० हजार राशिको ‘परशुराम अचिभर्स अवार्ड’ राजेश जोशी र आकृति पाण्डेयलाई प्रदान गरिएको छ । यसै वर्षदेखि सुरु भएको यो सम्मान यहाँका उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्न थालिएको हो ।

यसैगरी जनही रु २५ हजार राशिको ‘उत्कृष्ट विद्यार्थी अवार्ड’ कक्षा ८ का छात्रमोहन थापामगर, आयुस भट्ट र छात्रातर्फ प्रतिभा भट्ट, कक्षा १० का छात्रतर्फ किसोर गिरि र छात्रातर्फ रितिका पनेरु तथा कक्षा १२ का छात्रतर्फ दीपेन्द्र बोहरा र छात्रातर्फ खगन्ति बोहरालाई प्रदान गरिएको छ ।

यस्तै, जनही रु ५१ हजार राशिको ‘उत्कृष्ट खेलाडी अवार्ड’ बक्सिङका  सुरेश चुनारा र योगातर्फ पुष्पा नाथ, जनही रु ५१ हजार राशिकै ‘उत्कृष्ट कृषक अवार्ड’ नरेन्द्र नेगी (कृषि) र मिलन घिमिरे (पशुपालन) र ‘उत्कृष्ट निर्माण व्यवसायी सम्मान’ सिगास निर्माण सेवालाई प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।

तत्कालीन जोगबुढा र शीर्ष गाविसलाई एकीकृत गरी स्थापना भएको दिनलाई यहाँ दिवसका रूपमा मनाउने गरिन्छ । त्यस अवसरमा आज परशुरामधाममा बृहत् सरसफाइ तथा रङरोगन कार्यक्रम गरिएको थियो ।