१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो जिल्लामा विनियोजित विकास बजेट प्रभावकारी रूपमा खर्च गर्न सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगले आज आयोजना गरेको आयोजना प्रस्ताव तथा छनोट, आयोजना बैंक, ससर्त, समपूरक र विशेष अनुदान कार्यान्वयनसम्बन्धी अन्तक्र्रियामा उहाँले विगत वर्षमा बजेट कार्यान्वयन कमजोर भएको र यस वर्षमा पनि खर्च सुस्त हुनसक्ने सम्भावना भएकाले प्रदेशसभाका सदस्यहरूले जिल्लामा पुगेर कामको गति बढाउनुपर्ने देखिएको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले चालु वर्षको बजेट कार्यान्वयन गर्न विभिन्न तहका जनप्रतिनिधि, कर्मचारी र सरकारबीच साझा बुझाइ आवश्यक रहेको धारणा राख्दै भन्नुभयो, “सबै पक्षलाई एउटै धारमा ल्याएर बजेट कार्यान्वयन गर्नुपर्छ ।”

स्थानीय तहसँग पहिलोपटक औपचारिक छलफलमार्फत योजनाको एकीकृत व्यवस्थापन अघि बढाइएको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले मन्त्रालयमा १० जिल्लाका योजनाको निगरानी गर्ने व्यवस्था र जिल्लामा रहेका कार्यालयमार्फत जिल्लाका विकास आयोजनाको अनुगमन गरिने बताउनुभयो ।

विगतमा मनपरि सिफारिस हुँदै आएका योजनालाई रोक्न अब ५० लाखभन्दा माथिका सबै योजना आयोजना बैंकमा समावेश गरिने बताउँदै उहाँले प्रणाली सुधारमा सरकार गम्भीर रहेको स्पष्ट पानुभयो ।

प्रदेशसभाका सभामुख नन्दा गुरुङले योजना प्रस्ताव तथा छनोट कार्यविधि, आयोजना बैंक, ससर्त, समपूरक तथा विशेष अनुदानसम्बन्धी कानुन प्रभावकारी रूपमा लागू गर्नसके आर्थिक स्रोतको सदुपयोग हुने बताउनुभयो । विगतका योजना व्यवस्थापनमा देखिएका विकृति हटाउने र विकास कार्यलाई व्यवस्थित बनाउने अवसर यही प्रक्रियाले ल्याउने विश्वाससमेत उहाँले व्यक्त गनुभयो ।

कार्यक्रममा प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुखसचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो । कार्यविधिमा योजना आयोगले आगामी आर्थिक वर्षको लागि योजना छनोट गरी सम्बन्धित कार्यालय पठाउन मङ्सिर मसान्तसम्म तोकिएको छ ।

त्यस्तै जिल्ला स्तरमा रहेको समितिले माघ मसान्तभित्र सम्बन्धित मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।