२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु बैंक प्रकरण: प्रहरी इगो र बैंकभित्रको तानातानको नतिजा



अ+ अ-

काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचनसहित ३ जना माथिल्लो तहका कर्मचारीलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको घटना प्रहरी र बैंकभित्रकै इगोका कारण हुन पुगेको रहस्य खुलेको छ ।

नेपालकै ठूला मध्येको यो कमर्सियल बैंकका उच्चपदस्थ अधिकारीहरुलाई यसरी पक्राउ गर्दा यतिबेला नेपालको बैंकिङ क्षेत्र तरंगित त भएकै छ, यसले मुलुकको बैंकिङ क्षेत्रको नियामक निकाय राष्ट्रबैंकमा समेत यसले तरंग उत्पन्न गरिदिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बाइपास गरेर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख मनोज केसी अघि बढेपछि उनीहरु दुई जनाबीचको असमझदारी पनि यहाँ देखिन पुगेको छ । यसमा प्रधानमन्त्रीको सचिवालयका एक जिम्मेवार अधिकारीको पनि सन्देहपूर्ण भूमिका देखिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका ती वरिष्ठ अधिकारीले सिआइबी प्रमुख मनोज केसीलाई सहयोग गरेको पाइएको छ । महानिरीक्षकलाई बाइपास गरेर अघि बढेका सिआइबीलाई प्रधानमन्त्री कार्यालयले पनि राष्ट्र बैंकलाई बाइपास गरेर प्रहरीलाई पक्राउ गर्न र थुनामा राख्न दबाब दिएको बुझिएको छ ।

पक्राउ परेका अशोक शेरचन सहितका अधिकारीलाई साधारण तारेखमा रिहा गर्न प्रहरी महानिरीक्षकले भनेको भए पनि मनोज केसीले भने अदालत पेश गरेका छन् । अदालती प्रक्रियामा गएका कारण आफूले केही गर्न नसक्ने अहिले सिआइबी प्रमुख केसीले बताउँछन् ।

उता बैंकमा पनि विभागीय प्रमुखहरुका बीचको आपसी इगोका कारण यो समस्या उत्पन्न भएको बताइएको छ । सो बैंकसँग विभिन्न समयमा मर्जर भएर आएका विभिन्न संस्थाको ऋण अपचलन र त्यसको ढाकछोपका लागि एकले अर्कालाई देखाउने र फसाउने प्रवृत्तिका कारण पनि बैंकमा यसरी सिआइबी पस्नुपरेका यहाँका उच्च अधिकारीहरु बताउँछन् ।

शेरचन पक्राउ परेका समयमा निमित्त सिइओले विगतमा स्वीकृत नभएका ऋण सम्बन्धी फाइलहरु धमाधम स्वीकृत गरेपछि अर्काे सन्त्रास फैलिएको बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिए ।

उनले भने, सिआइबीको राडारमा रहेका वर्तमान निमित्त सिइओ निरज लम्साल र सञ्चालक अम्बिका शर्माले गरेका निर्णयले फेरि अर्काे दुर्घटना नहोला भन्न सकिँदैन ।

बैंकभित्रका विभिन्न समूहहरुको खिचातानीको मारमा बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त समेत परेकी छिन् । उनलाई पनि प्रहरीले पक्राउ गर्न खोजेका तर फरार रहेको भनेर समाचार लेखाउने काम पनि बैककै कर्मचारीहरुबाट भएको ती अधिकारी बताउँछन् । उनी पारिवारिक कामले शुक्रबार नै विदा लिएर बसेकोमा अहिले फरार भएको समाचार आइरहेको छ ।

न्युजपोलारसँग सम्पर्कमा आएकी पन्तले आफु पारिवारिक कामले महेन्द्रनगर घरमा आएको जानकारी दिइन् । उनले भनिन्, म शुक्रबार नै विदा लिएर घर आएकी छु । तर आइतबार हेड अफिसमा प्रहरीले सीइओ सहितलाई नियन्त्रणमा लिएको थाहा पाएँ । यस विषयमा मलाई केही पनि थाहा छैन ।

पन्तले आफु आफन्तको विवाह कार्यक्रममा सहभागी हुन महेन्द्रनगर आएकी छु, बिदा सकिनेबित्तिकै कार्यालय हाजिर हुन्छु । म भागेको रे भन्ने हल्लाको समाचार पढ्दा अचम्म लागेको बताइन् ।

साथै उनले आफूलाई पक्राउ गर्ने भन्ने विषयमा केही थाहा नभएको र यतिखेर प्रभु बैंकका बारेमा धमिलो पानीमा माछा मारेर अफवाह फैलाउने काम भएको पनि उनले जानकारी दिइन् ।

पन्त बैंकमा अब्बल काम गर्नेमा पर्ने भएकाले कतिपयले उनको राम्रो काम देख्न नसहेर पनि यो अफवाह फैलाइदिएको हुनसक्ने एक वरिष्ठ कर्मचारीले बताएका छन् । उनले शुक्रबार नै आफूले एक साताका लागि बिदा लिएको आफनो बिभाग मातहतका कर्मचारीलाई जानकारी गराएकी थिइन् ।

उता नेपाल राष्ट्र बैंकमा पनि प्रहरीले मुलुकको बैंकिङ क्षेत्रको नियामक निकायसँग परामर्श नै नगरी पक्राउ गर्ने र छापा मार्ने काम गरेकाले भोलिका दिनमा यो क्षेत्रमा के कस्तो अवस्था आउने हो भनेर चिन्ता व्यक्त गर्ने अधिकारीहरु धेरै छन् ।

एक अधिकारीले भने, हामी नियामक निकायका रुपमा काम गरिरहेकोमा हामीलाई नै थाहा नदिई, कुनै मुद्दा नै सेयर नगरी फौजदारी अभियोगजस्तो गरी यसरी प्रहरीले बैंकमा छापा मार्ने र सिइओ पक्राउ गर्ने काम गर्छ भने हाम्रो अस्तित्व के रह्यो त ?

यस विषयमा नेपाल बैंकर्स संघको मौनता पनि रहस्यको घेरामा छ ।