२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५८, होटल तथा पर्यटन शून्य दशमलव ६२, लगानी शून्य दशमलव ०४, जीवन बिमा शून्य दशमलव ५७ र लघुवित्त समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैङ्क शून्य दशमलव १७, वित्त शून्य दशमलव २७, जलविद्युत् शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, मबिलुङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र श्रीनगर एग्रिटेक इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको आज रु ३१ करोड ८१ लाख ३५ हजार ४७९ बराबरको छ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ ।