७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अवस्था नाजुक छः पत्रकार एवं राजनीतिज्ञ कार्की



अ+ अ-

काठमाडौँ । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुबारे आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताउनु भयो । युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उहाँको भनाइ छ । विगतको नेपालको राजनीतिले देश, जनता र युवालाई छुन नसक्दा गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनु भयो । तर आन्दोलनले पनि राष्ट्रका लागि केही गर्न नसकेको उल्लेख गर्नुभयो । देश पेण्डुलम अवस्थाबाट अघि बढिरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको अवस्था हामीले चाहेको सपना, हामीले चाहेको क्रान्ति, परिवर्तन, हिजोको राजनीतिक वा अराजनीतिक अभ्यासले देशलाई छुन सकेन । माटोलाई छुन सकेन, नेपाली जनतालाई छुन सकेन । युवाहरुलाई त छुनसक्ने कुरै भएन । युवा र जनताले चाहेको कुरा केही भएन । आन्दोलन भयो र अहिलेको अवस्था आयो । नेशन ओरेन्टेट परिवर्तन भयो त ? हामी जहाँको त्यहीँ छौँ । हामी त्यो अवस्था भन्दा पनि नाजुक अवस्थामा छौँ । पेण्डुलम अवस्थामा देश अघि बढिरहेको छ ।’

उहाँले लोकतान्त्रिक व्यवस्थाले देशलाई केही दिन नसकेको बताउनु भयो ।