१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

जनताको चाहना र भावनाअनुसार काम गर्न कोशी प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री कार्की

जनताको चाहना र भावनाअनुसार काम गर्न कोशी प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री कार्की
फाइल फोटो
अ अ+ अ-

विराटनगर।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ ।

आज उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सकेसम्म जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरु दृढतका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागिपरेको बताउनुभयो ।

थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्नेसमेत मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

कोशी प्रदेश सरकारले २०७५ सालमा पहिलोपटक बजेट निर्माण गर्दा रु ४६ अर्बको बजेट बनाएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले तत्कालीन समयको माग र अहिलेको मागको तुलनामा अहिले जनताको माग धेरै भएको बेला प्रदेश सरकार बजेट घटेर रु ३६ अर्बमा सीमित हुँदा पनि कतिपय कामहरु सरकारले चाहेर पनि गर्न नसको बताउनुभयो ।

उहाँले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकाले गर्दा समयमा जनताका माग पूरा नभएको पनि आफूहरु गम्भीर रहेकोसमेत बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस् राज्यले कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्त्य गर्दै अब कोशी प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुनेगरी काम गर्ने बताउनुभयो ।

कोशी प्रदेश सरकारले २०७६÷०७७ सालमा रु पाँच लाख र नगरपालिकाको रु १० लाख रकम बिनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कवडहलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले रु ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो ।

उक्त नवनिर्मित सुन्दरपुर ब्याडमिन्टन कवडहलको मुख्यमन्त्री कार्कीले सोमबार उद्घाटन गर्नुभएको हो भने सोही हलमा यही मङ्सिर २० गतेबाट आयोजना हुने कोशी प्रदेश स्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको समेत सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गर्नुभएको कुरा मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।