१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
In this photo provided by the Imperial Household Agency of Japan, Princess Aiko, the daughter of Japan's Emperor Naruhito and Empress Masako, poses for a photo at the Imperial Palace in Tokyo, Monday, Nov. 10, 2025. (Imperial Household Agency of Japan via AP)
अ अ+ अ-

टोकियो। जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उहाँको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् ।

सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानूनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।

शाही परिवार झन् खुम्चिँदै गएकाले तत्काल सुधारको आवश्यकता गम्भीर रूपमा उठिरहेको छ । सम्राटका किशोर भतिजा प्रिन्स हिसाहितो मात्र भावी पुरुष उत्तराधिकारी हुनु र अन्य सम्भावना अत्यन्त सीमित रहनुले राजतन्त्रको भविष्यबारे चिन्ता बढाएको छ । विशेषज्ञहरूका अनुसार शाही वंश निरन्तरता बचाउन अब महिला उत्तराधिकार रोक्ने प्रावधान हटाइनु अत्यावश्यक देखिन्छ । तर प्रधानमन्त्री साने ताकाइचीसहितका रूढिवादी नेताहरू परिवर्तनका कडा विरोधी छन् ।

आइकोले वयस्क शाहीका रूपमा सन् २०२१ मा सार्वजनिक कर्तव्यहरू सुरु गरेदेखि उच्च लोकप्रियता कमाउँदै आउनुभएको छ । बुद्धिमान, सरल, मैत्रीपूर्ण र रोचक व्यक्तित्वका कारण उहाँ युवा पुस्तामा समेत प्रिय बन्नुभएको छ ।

गत नोभेम्बरमा लाओसको पहिलो एकल आधिकारिक विदेश भ्रमणले त उहाँलाई भावी राजाका रूपमा झनै स्थापित गरिदियो । उच्च अधिकारीहरूसँग भेटघाट, सांस्कृतिक स्थलहरूको अवलोकन र स्थानीयवासीहरूसँगको घनिष्ठ संवादले आइकोले जिम्मेवारीपूर्ण नेतृत्व क्षमता देखाउनुभएको थियो ।

यसअघि नागासाकी र ओकिनावाको भ्रमणमा समेत आइकोले आफ्नो बुबाले सुरु गर्नुभएको दोस्रो विश्वयुद्धको पीडा नयाँ पुस्तासम्म पुर्‍याउने परम्परालाई अगाडि बढाउनुभयो । यस्तो सक्रियताले उहाँप्रति जनविश्वास झनै बलियो बनाएको छ ।

नागासाकीमा भेटिएकी ८२ वर्षीया आणविक बम विस्फोटबाट बचेकी सेत्सुको मात्सुओले ‘राजकुमारी आइकोलाई ताज लगाएको देख्न जीवनभर चाहना गर्दै आएको’ बताउनुभयो । त्यस्तै, ५८ वर्षीया मारी माहिराले ‘आइको हुर्केको देखेको नाताले अब उहाँलाई राजगद्दीमा देख्न चाहन्छु’ भनेर आफ्नो उत्साह व्यक्त गर्नुभयो ।

आइकोको लोकप्रियताले नागरिक मात्र नभई, कलाकार र सामाजिक अभियानकर्मीहरूलाई पनि उत्तराधिकार सुधारका लागि सक्रिय बनाइरहेको छ । कार्टुनिस्ट योसिनोरी कोबयाशीले महिला उत्तराधिकारको समर्थनमा हास्य–पुस्तकहरू बनाइरहनुभएको छ, जसलाई समर्थकहरूले सांसदहरूलाई पठाउँदै दबाब बढाइरहेका छन् । कतिले युट्युब च्यानल तथा पर्चा वितरणमार्फत अभियान चलाइरहेका छन् । इकुको यामाजाकीजस्ता अभियानकर्ताहरू भन्छन्, “पुरुष–मात्र उत्तराधिकारमा अडिनु राजतन्त्रकै पतन हुनेछ ।”

राजकुमारी आइकोको जीवन–यात्रा पनि धेरै जापानीका लागि प्रेरणादायी छ । सन् २००१ डिसेम्बर १ मा जन्मनुभएकी आइकोको बाल्यकाल उज्यालो थियो । उहाँ सुमो पहलवानहरूको पूरा नाम कण्ठस्थ राख्ने असाधारण क्षमताका कारण परिचित हुनुहुन्थ्यो । तर कठिनाइहरू पनि थिए । विद्यालयमा केही समय बदमाशीबाट पीडित भई कक्षाबाट टाढिनु परेको थियो । किशोरावस्थामा अत्यधिक दबाबका कारण स्वास्थ्यमा असर परेका समयहरू पनि आए ।

सन् २०२४ मा गाकुसुइन विश्वविद्यालयबाट स्नातक गरेपछि आइकोले आधिकारिक कर्तव्यसँगै जापान रेडक्रस सोसाइटीमा समेत सेवा दिनुभएको छ । सप्ताहन्तमा आमाबाबुसँग हिँड्ने, दरबारका अधिकारीहरूसँग टेनिस, ब्याडमिन्टन र भलिबल जस्ता खेलमा सहभागी हुने उहाँको सरल स्वभावले जनताको मन जितेको छ ।

तर राजतन्त्रको भविष्य भने अझै अनिश्चित छ । सन् १९४७ को इम्पेरियल हाउस कानूनले पुरुष–वंशलाई मात्र उत्तराधिकारी मान्छ र विवाहपछि महिला शाही सदस्यको दरबार–सदस्यता समाप्त हुन्छ । अहिले शाही परिवार १६ सदस्यमा सिमित छ । यो तीन दशकअघिको सङ्ख्याको आधाभन्दा कम हो । सबैजना वयस्क छन्, जसले आगामी पुस्तामा उत्तराधिकार चुनौती झनै गम्भीर बनाउँछ ।

सम्राटका भाइ क्राउन प्रिन्स अकिशिनोले पनि परिवारको घट्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हालको कानूनमा तत्काल परिवर्तन सम्भव छैन, हामीले कर्तव्यहरू घटाएर मात्रै अघि बढ्न सक्छौँ ।”

आइकोले सधैँ झैँ विनम्रतापूर्वक आफ्ना आधिकारिक कर्तव्य इमानदारीका साथ निर्वाह गर्ने बताउँदै प्रणालीबारे टिप्पणी गर्न नहुने आफ्नो स्थिति स्पष्ट पार्नुभएको छ ।

इतिहासमा जापानमा आठ महिला सम्राज्ञी रहे पनि आधुनिक पुरुष–मात्र उत्तराधिकार नियम सन् १८८९ मा औपचारिक गरिएको थियो, जुन सन् १९४७ को कानूनमा पनि कायम रह्यो । सन् २००५ मा महिला साम्राज्ञीलाई अनुमति दिने प्रस्ताव आउन नपाउँदै प्रिन्स हिसाहितोको जन्मसँगै त्यो रोकियो ।

हालका केही रूढिवादी प्रस्तावहरूले महिला शाही सदस्यलाई विवाहपछि पनि दरबारमा राख्ने सुझावट दिए पनि उत्तराधिकार भने पुरुष–वंशमै सीमित राख्न चाहन्छन् ।

संयुक्त राष्ट्रसङ्घीय महिला अधिकार समितिले जापानको पुरुष–मात्र प्रणालीलाई लैङ्गिक समानताविरुद्ध रहेको भन्दै सुधार गर्न आग्रह गरेको छ । तर जापानले यसलाई ‘राष्ट्रीय पहिचानसँग जोडिएको संवेदनशील विषय’ भन्दै अस्वीकार गरेको छ । विशेषज्ञहरू भन्छन्, “यो प्रणाली अदृश्य रूपमा पुरुष–श्रेष्ठता कायम गर्ने सोचको परिणाम हो; यस्तो अवस्थामा राजतन्त्र नै जोखिममा पर्न सक्छ ।”

राजकुमारी आइकोप्रति जनताको अपार भरोसा र प्रेमको पृष्ठभूमिमा अब जापानले परम्परा र आधुनिकताको बीचको संवेदनशील प्रश्न—राजगद्दीमा महिला अनुमति दिने कि नदिने— को सामना गर्नैपर्ने देखिन्छ । (रासस/एपी)