१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन एम्बेसडर अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु



अ+ अ-

काठमाडौँ। तेह्रौँ कोरियन एम्बेसडर अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आजदेखि ललितपुरमा सुरु भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घद्वारा सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा सुरु भएको प्रतियोगिता यही मङ्सिर २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका सात प्रदेश, तीन वटा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

आज यहाँ एक कार्यक्रमका बीच पूर्वयुवा तथा खेलकुदमन्त्री विराटभक्त श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत राजदूत पार्क तेइ योङले प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।

प्रतियोगितामा एक हजार ५३० खेलाडीले ग्यरोगी, पुम्से तथा पारा तेक्वान्दो विधामा प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ ।

प्रत्येक दुई वर्षमा हुने यो प्रतियोगिता सन् २००३ मा पहिलोपटक आयोजना गरिएको थियो । प्रतियोगिताका निर्णायकमा नेपाली सेनाका अन्तरराष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल रहनुभएको छ ।रासस