१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरु



अ+ अ-

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आयोजित एकता सन्देश सभा विराटनगरमा धुमधामका साथ सुरु भएको छ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित दर्जनबढी वाम घटकहरू एक ठाउँमा उभिँदै देशव्यापी एकताको सन्देश दिन थालेपछि विराटनगरको सभा विशेष रुपमा चर्चाको विषय बन्न पुगेको हो।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता उपस्थित छन्।

उनीहरूले देशभर वाम शक्तिहरूबीच एकता आवश्यकता र अभियानको दिशाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

सभास्थलमा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू बिहानैदेखि जुटेका छन्।