९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा नेकपाको एकता सन्देश सभा सुरु



अ+ अ-

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आयोजित एकता सन्देश सभा विराटनगरमा धुमधामका साथ सुरु भएको छ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित दर्जनबढी वाम घटकहरू एक ठाउँमा उभिँदै देशव्यापी एकताको सन्देश दिन थालेपछि विराटनगरको सभा विशेष रुपमा चर्चाको विषय बन्न पुगेको हो।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, गोपाल किराती, जगन्नाथ खतिवडालगायतका नेता उपस्थित छन्।

उनीहरूले देशभर वाम शक्तिहरूबीच एकता आवश्यकता र अभियानको दिशाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

सभास्थलमा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट सयौँ नेता तथा कार्यकर्ताहरू बिहानैदेखि जुटेका छन्।