काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ ।
आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका मेयरका बुबा रामनारायण शाहको निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।
शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।
आयुर्वेद डाक्टर रहेका रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन् ।










