५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनुभएको छ ।

समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताउनुभएको हो ।

उहाँले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनु भयो । युवाहरुको सहभागिता बिना कुनैपनि आन्दोलन सम्भव नरहेको जिकिर गर्नुभयो । युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताउनु भयो । अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरुलाई मात्र युवा भन्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो,‘हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन्, उनीहरुको सहभागिता बिना विश्वको कुनैपनि आन्दोलन सम्भव भएको छैन । उनीहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’

आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।