४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं : मुख्यमन्त्री भट्ट

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं : मुख्यमन्त्री भट्ट
अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले परिवर्तनका ठूला कुरा गर्नुभन्दा साहस देखाएर अघि बढ्नुपर्ने बताउँदै समाजमा देखिएका सबैखाले विभेद, विकृति, विसङ्गतिको अन्त्य गर्नमा सबैले एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले समाजलाई उत्तेजिततर्फ बनाउनुभन्दा व्यवस्थित गर्नतिर छलफल चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले लक्षित समुदायका समस्यालाई पहिचान गरी प्राथमिकीकरण गरेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

समाजमा चित्त बुझे राम्रो, नभए नराम्रो भन्ने प्रवृत्ति बढेर गएकामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले असन्तुष्टि बढेपछि द्वन्द्व सिर्जना हुने बताउनुभयो । उहाँले संविधानमा भएका व्यवस्थालाई लागू गर्न सरकारको मात्र भूमिका नभई सरोकारवाला पनि जिम्मेवार रहेको बताउनुभयोे । मुख्यमन्त्रीले आदिवासी, मधेशी, गरीब, विपन्न तथा उत्पीडित वर्गको आर्थिक–सामाजिक स्तर र जीविकोपार्जनमा सहयोग पुर्याउन तीनवटै तहका सरकारले कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।