१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट नगर्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताउनुभयो ।

उहाँका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन् । ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने ढुङ्गले बताउनुभयो ।

शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रम थियो । समितिका सचिव ढुङ्गेलले अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको र छनोट भएका प्रतिनिधिको विवरण पार्टीको प्रदेश कार्यालयमा सङ्कलन गरी भोलिसम्म पठाउन निर्देशन दिएको जानकारी दिनुभयो ।

महाधिवेशनका लासग करिब दुई हजार २०० प्रतिनिधि छनोट भएको उहाँले बताउनुभयो ।  एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुन्छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म एमाले महाधिवेशन हुँदैछ ।रासस