२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पतालको निर्माणाधीन भवनको काम समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन



फाइल फोटो
अ+ अ-

विराटनगर। सहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनका काम तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज अस्पतालको अवस्थाबारे जानकारी लिँदै उहाँले भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासोपछि सम्बद्ध पक्षलाई समयमै भवन निर्माणका लागि निर्देशन दिनुभएको हो । “भवन निर्माण नहुँदा अस्पतालको सेवा नराम्ररी प्रभावित भइरहेको छ । यस जो –जसले ढिलाइ गरायो, बाँकी कार्य समयमै नसके कारबाहीको भागिदार हुनुपर्नेछ”, मन्त्री घिसिङले भन्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुणा झाले नयाँ भवन निमार्णकार्य सुरु हुनासाथ पुराना भवन भत्काइएको तर नयाँ संरचना समयमै नबन्दा ओपिडी, भर्ना र विशेष सेवा सञ्चालनमै समस्या आइरहेको बताउनुभयो । उहाँका अनुसार अस्थायी कक्ष र पुराना कोठामा सेवा दिनुपर्दा बिरामी चाप व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा झाले भन्नुभयो,“विसं २०७९ पुसमा रु दुई अर्ब ४६ करोडमा भएको सम्झौताअनुसार भवन ३६ महिनाभित्र बनिसक्नुपर्ने थियो, तर म्याद सकिन अब एक महिनामात्र बाँकी छ । ठेकेदारले हालसम्म रु ७४ करोड ९८ लाख भुक्तानी लिए पनि कामको प्रगति सुस्त छ । ७५९ शय्याका दुई भवन निर्माण भइरहेका छन्, हाल अस्थायी संरचनाको भरमा सेवा दिँदै आएकाले समस्या छ ।”

सहरी विकास मन्त्रालय मातहतको भवन निर्माण कार्यालय मोरङमार्फत ठेक्का दिइएका संरचनामध्ये ५०० शय्याको मेडिकल भवन ३५ प्रतिशतमै रोकिएको छ । यसैगरी, २५९ शय्याको इसियु–सर्जिकल–न्यूरो भवन निर्माणको भौतिक प्रगति ५० प्रतिशत छ । सम्झौता म्याद गत कात्तिकमै सकिए पनि ठेकेदारले म्याद थप माग्दै काम रोकिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सोही समस्यालाई मध्यनजर गर्दैै मन्त्री घिसिङले अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गर्दै तीन सिफ्टमा काम अघि बढाउन, नियमित अनुगमन गर्न र ढिलाइ गर्ने पक्षलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।रासस




भर्खरै