१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा भीषण आगलागीबाट मृत्यु सङ्ख्या १४६ पुग्यो



अ+ अ-

हङकङ। हङकङको एक ठूलो आवास क्षेत्रमा यस साताभित्र लागेको आगलागीबाट मृत्यु हुनेहरूको सङ्ख्या १४६ पुगेको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

वाङ फुक कोर्टमा भएको यो आगलागीलाई सन् १९८० यताकै विश्वकै सबैभन्दा गम्भीर आवासीय आगलागी मानिएको छ । प्रहरीको विपद् पहिचान युनिटले खोजी क्षेत्र विस्तार गरेपछि थप शवहरू भेटिएका छन् ।

प्रहरीका वरिष्ठ अधीक्षक साङ सु–यिनले पत्रकारहरूलाई जानकारी दिँदै भन्नुभयो,“अहिलेसम्म १४६ जनाको मृत्यु पुष्टि भएको छ । अझै थप मृतक भेटिन सक्ने सम्भावना छ ।”
आइतबार ताइ पो क्षेत्रमा रहेको उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक हजारभन्दा बढी नागरिक पुगेका थिए । लामो लाइन लागेर मानिसहरू शान्तिपूर्वक श्रद्धाञ्जलि व्यक्त गरिरहेको दृश्य देखिएको थियो ।

आगलागीको कारण पत्ता लगाउन सरकारले बहु–विभागीय छानबिन समिति गठन गरेको छ ।यसै क्रममा हङकङको भ्रष्टाचार नियन्त्रण निकायले घटनासँग सम्बन्धित ११ जनालाई पक्राउ गरेको छ । तीमध्ये तीन जनालाई प्रहरीले हत्याको आरोपमा पनि पक्राउ गरेको छ ।

हङकङस्थित इन्डोनेसियाली दूतावासका अनुसार सात जना इन्डोनेसियाली नागरिकको ज्यान गएको छ । फिलिपिन्स दूतावासले एक फिलिपिनी कामदारको मृत्यु भएको पुष्टि गरेको छ ।

यसबाहेक, हङकङको भवन विभागले प्राविधिक सुरक्षा सुनिश्चित गर्नका लागि ३० निजी भवन निर्माणका कामहरू अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।(रासस/एएफपी)