१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा व्यावसायिक अन्तरिक्ष अनुगमनका लागि नयाँ विभाग गठन



अ+ अ-

बेइजिङ। चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनले देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रको समन्वय र नियमनका लागि नयाँ विभाग स्थापना गरेको जनाएको छ।

नयाँ विभागको स्थापना व्यावसायिक अन्तरिक्ष उद्योगका लागि विशेष नियमन व्यवस्था तयार गर्ने महत्वपूर्ण कदम भएको प्रशासनले जनाएको छ। यसले उच्च गुणस्तरको विकासलाई निरन्तर अघि बढाउने र सम्पूर्ण उद्योग शृङ्खलालाई लाभ पुर्‍याउने विश्वास गरिएको छ।

हालका वर्षहरूमा सहायक नीति, प्रविधि उपलब्धि र बजारको मागका कारण चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक प्रगति भएको छ। उद्योग शृङ्खलाभित्रको सहकार्यपूर्ण नवप्रयोगले यस्तो प्रगति सम्भव भएको बताइन्छ।

प्रशासनका एक अधिकारीका अनुसार चीनमा व्यावसायिक अन्तरिक्षसँग सम्बन्धित उद्यमहरूको संख्या हाल छ सयभन्दा बढी पुगेको छ। सुरक्षालाई सुनिश्चित गर्दै विकासको सम्भावना क्रमशः खुल्दै गएको छ।

प्रशासनले हालै २०२५ देखि २०२७ सालसम्मका लागि व्यावसायिक अन्तरिक्ष क्षेत्रको उच्च गुणस्तरीय र सुरक्षित विकास प्रवर्द्धन गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। उक्त योजनाले व्यावसायिक अन्तरिक्ष गतिविधिलाई राष्ट्रको समग्र अन्तरिक्ष विकास संरचनासँग जोड्ने लक्ष्य राखेको छ।  (रासस/सिन्ह्वा)