१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः काठमाण्डुले कर्णालीलाई हरायो



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को १९औँ खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डुले कर्णालीलाई ५ विकेटले हराएको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि जेरहार्ड इरास्मसले अविजित ४३ रन जोडे भने जोन सिम्पसनले ४१ रनको योगदान दिए । यस्तै, बेन चार्ल्सवर्थले ३४, मिलिन्द कुमारले १५ रन जोडे ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले तीन तथा पवन सराफले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

बलिङतर्फ काठमाण्डुका राशिद खानले दुई विकेट लिए । यस्तै, करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट लिए ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पाँच खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ ।

करण केसी नेतृत्वमा रहेको काठमाडौँले ६ खेलबाट चार खेल जितेको छ । आजको जितसँगै काठमाण्डुले प्लेअफको यात्रामा बलियो दाबेदारी प्रस्तुत गरेको छ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्सले पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।