२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः काठमाण्डुले कर्णालीलाई हरायो



अ+ अ-

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को १९औँ खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा काठमाण्डुले कर्णालीलाई ५ विकेटले हराएको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि जेरहार्ड इरास्मसले अविजित ४३ रन जोडे भने जोन सिम्पसनले ४१ रनको योगदान दिए । यस्तै, बेन चार्ल्सवर्थले ३४, मिलिन्द कुमारले १५ रन जोडे ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले तीन तथा पवन सराफले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

बलिङतर्फ काठमाण्डुका राशिद खानले दुई विकेट लिए । यस्तै, करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट लिए ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पाँच खेलबाट एक खेल मात्रै जितेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ ।

करण केसी नेतृत्वमा रहेको काठमाडौँले ६ खेलबाट चार खेल जितेको छ । आजको जितसँगै काठमाण्डुले प्लेअफको यात्रामा बलियो दाबेदारी प्रस्तुत गरेको छ । जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्सले पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।