२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक हिंसा न्यूनीकरण गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की



अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लैङ्गिक हिंसा कम गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारा र ‘लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा तथा न्यायको विधि’ नेपाल प्रहरीको नारासहित नेपाल प्रहरीको प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार तथा  समाजलाई समेत असर गर्ने भएकाले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधन गर्न सरोकारवाला सबै पक्षको सामूहिक प्रयास आवश्यक छ ।”

आर्थिक वर्ष २०८१÷८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण गर्दै प्रहरी महानिरीक्षक कर्कीले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीलाई प्रशंसापत्र तथा नगद पुरस्कारसमेत प्रदान गर्नुभयो ।

बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य तथा समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उहाँले यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, रायसुझाव, सल्लाह तथा सहयोगप्रति कृतज्ञतासमेत व्यक्त गर्नुभयो ।

लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था र सरोकारवाला संस्थाको भूमिकाको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक कार्कीले आगामी दिनमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको बताउनुभयो ।

सो अवसरमा गृहमन्त्रालयका उपसचिव मीना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोशनीदेवी कार्की, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्याल, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार बस्नेतलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।रासस




भर्खरै