२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार बुख्याँचाका लागि होइन, केपी ओलीको रिस देशको सार्वभौमिकतामाथि नपोखौँः ओली



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गर्नुभएको छ ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

उहाँले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्नुहुँदै संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने बताउनु भयो । असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनु आवश्यक रहेको बताउनु भयो । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ भन्ने गरिएको भन्दै अध्यक्ष ओलीले बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? भन्दै प्रश्न गर्नुभयो । अन्तरिम सरकारप्रति लक्षित गर्दै अनिर्वाचित बुख्याँचाहरु तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गर्नुभयो । सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाको लागि नभएको उहाँको भनाइ छ । आधिकारिक लोकतान्त्रिक मूल्य मान्यताको हैसियत भएकाहरुको स्थल सिंहदरबार भएको बताउनु भयो ।

उहाँले केपी ओली र एमालेसँग रिस उठ्यो भन्दै संविधान, देश, विकास, सुशासन, सार्वभौमसत्तामाथि रिस नपोख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । लोकतन्त्र फर्काउँ । संवैधानिक बाटोमा देशलाई फर्काउँ । गलत सिफारिसमा, असंवैधानिक ढंगले विघटित संसद पुनःस्थापना हुनुपर्छ । संसद पुनःस्थापना भयो भने बर्बाद हुन्छ रे, त्यही बर्बाद हुन्छ भनेर संसद विघटन गरेको ? संसदीय प्रणाली आउन नदिने यस देशमा । लोकतन्त्र आउन नदिने ? निर्वाचितहरु लखेटिनुपर्ने ? अनि अनिर्वाचित बुख्याँचाहरु शब्जीबारीमा त ठिकै थियो, सिंहदरबारमा बुख्याँचा ? मिल्छ यो ? बुख्याँचा निर्वाचित हुँदैन कहिल्यै पनि । बुख्याँचा कसैले राखिदिने हो । सिंहदरबार बुख्याँचा कसैले लगेर किलोमा गाडिदिने ठाउँ होइन, जनताबाट, लोकतान्त्रिक विधिबाट निर्वाचित सरकार बस्ने ठाउँ हो । आधिकारिक, जोसँग लोकतान्त्रिक मूल्य मान्यताको हैसियत छ, त्यो बस्ने ठाउँ हो । लोकतन्त्र भनेको नराम्रो कुरा हो । एमालेसँग रिस उठेको होला, एमालेसँगको रिस लोकतन्त्र, देशमाथि नपोखौँ । केपी ओलीसँग रिस उठेको होला, केपी ओलीसँग उठेको रिस संविधानमाथि लगेर, लोकतन्त्रमाथि लगेर, देशको विकास र सुशासनमाथि लगेर, देशको सार्वभौमसत्तामाथि लगेर नपोखौँ ।’

अध्यक्ष ओलीले अन्यायको पक्षमा उभिने व्यक्ति नै जनताको प्रतिनिधि भएको बताउनु भयो । निर्वाचन जितेर मात्रै प्रतिनिधित्व नभइने भन्दै जनताको पक्षमा उभिनसक्नुपर्ने बताउनु भयो ।