२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशन :विष्णु पौडेलको निर्वाचन क्षेत्रमा स्वस्थ लोकतान्त्रिक अभ्यास



अ+ अ-

रुपन्देही । विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही– २ मा एघारौं राष्ट्रिय महाधिवेशनका लागि हिजो सम्पन्न भएको प्रतिनिधिहरुको निर्वाचनमा स्वस्थ एवम् लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ । मतदाताले ब्यक्तिको योग्यता, योगदान, निष्ठा र इमान्दारितालाई निर्वाचनको मूख्य आधार बनाएका छन् ।

गोपाल राना, वासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई, कुमार थापा, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र वालकृष्ण पाण्डे प्रतिस्पर्धाद्वारा निर्वाचित भएका छन् । जिल्लास्तरको निर्वाचन क्षेत्रबाट सोही निर्वाचिन क्षेत्रका एकराज विश्वकर्मा र बावुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिहरुको अनुहारमा निर्वाचन क्षेत्रको समाजिक बनोट प्रतिविम्वित भएको छ । जस अनुसार बाहुन क्षेत्री चार जना (बाहुन दुई जना, क्षेत्री दुई जना), जनजाति पाँच जना (मगर तीन जना, गुरुङ एक जना, नेवार एक जना), महिला तीन जना, ४० बर्ष मुनीको युवा एकजना र दलित दुईजना निर्वाचित भएका छन् ।