१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एमाले)को एघारौं राष्ट्रिय महाधिवेशन :विष्णु पौडेलको निर्वाचन क्षेत्रमा स्वस्थ लोकतान्त्रिक अभ्यास



अ+ अ-

रुपन्देही । विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही– २ मा एघारौं राष्ट्रिय महाधिवेशनका लागि हिजो सम्पन्न भएको प्रतिनिधिहरुको निर्वाचनमा स्वस्थ एवम् लोकतान्त्रिक अभ्यास अवलम्बन गरिएको छ । मतदाताले ब्यक्तिको योग्यता, योगदान, निष्ठा र इमान्दारितालाई निर्वाचनको मूख्य आधार बनाएका छन् ।

गोपाल राना, वासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई, कुमार थापा, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठ र वालकृष्ण पाण्डे प्रतिस्पर्धाद्वारा निर्वाचित भएका छन् । जिल्लास्तरको निर्वाचन क्षेत्रबाट सोही निर्वाचिन क्षेत्रका एकराज विश्वकर्मा र बावुराम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिहरुको अनुहारमा निर्वाचन क्षेत्रको समाजिक बनोट प्रतिविम्वित भएको छ । जस अनुसार बाहुन क्षेत्री चार जना (बाहुन दुई जना, क्षेत्री दुई जना), जनजाति पाँच जना (मगर तीन जना, गुरुङ एक जना, नेवार एक जना), महिला तीन जना, ४० बर्ष मुनीको युवा एकजना र दलित दुईजना निर्वाचित भएका छन् ।