३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

टेररबाट सरकार सिर्जना भएको र टेररको माध्यमबाट शासन चलाउँदैछन्ः ओली

टेररबाट सरकार सिर्जना भएको र टेररको माध्यमबाट शासन चलाउँदैछन्ः ओली
फाइल फोटो
अ+ अ-

काठमाडौँ ।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारले गरेको संसद विघटन प्रतिगमन भएको बताउनुभएको छ ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रतिगमनलाई प्रतिगमन भन्न नसक्नेहरु विभिन्न समयमा संसद विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ भनेर कुतर्क गरिरहेको बताउनु भयो । उहाँले एमालेको आधारभुत निष्ठा देश, जनताप्रति, देश विकासप्रति रहेको बताउनु भयो । उहाँले लोकतन्त्र मासेर अलोकतान्त्रिक सरकार जडान गरिएको भन्दै अहिले पनि त्यही देखिरहनुपरेको बताउनु भयो । वर्तमान सरकारको कुनै जग नरहेको उहाँको जिकिर छ । संविधान नमानेर, संविधान बाहिरबाट, संविधान कुल्चिएर, लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेर, लोकतान्त्रिक मूल्यहरु अस्वीकार गरेर सरकार बनाइएको बताउनु भयो । अपराधबाट सरकार सिर्जना भएको र अपराधकै माध्यमबाट शासन चलाइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको आधारभुत निष्ठा देशप्रति, यस देशका जनताप्रति र विश्वको मानवजातीप्रतिको निष्ठा आधारभुत निष्ठा हो । यो आधारभुत निष्ठाबाट नेकपा एमाले कहिल्यै तलमाथि गर्दैन । देशको निम्ति, देशको हितको निम्ति काम गर्नेछौँ । देश विकासको लागि काम गर्नेछौँ । जनताको हितका लागि सुशासन, विकासका माध्यमबाट समृद्ध हाँसिल गर्नुपर्छ । समृद्धिले मात्रै पुग्दैन । परिपूर्ण समृद्धि आवश्यक छ । कुनै आधार नभएको, जग नभएको, पृष्ठभूमि नभएको, लोकतन्त्र मासेर अलोकतान्त्रिक सरकार जडान गरिएको, अनौठो दृश्य देख्यौँ, भोगिरहेका छौँ । संविधान नमानेर, संविधान बाहिरबाट, संविधान कुल्चिएर, लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेर, लोकतान्त्रिक मूल्यहरु अस्वीकार गरेर, भइरहेको संसद जहाँबाट सबै निकास दिन सकिन्थ्यो त्यो संसद भंग गरेर त्यो पनि अवैध सिफारिसमा । अनधिकृत सिफारिसमा भंग गरेर, एउटा सरकार भन्ने कृत्रिम तत्व जडान गरेर ।’

‘टेररबाट सरकार सिर्जना भयो र टेररको माध्यमबाट शासन चलाउने प्रयास गरियो । अहिले पनि त्यही प्रयास जारी छ । टेररमाथि नै उसको विश्वास छ । किनभने उसको उद्गमस्थल नै त्यही हो । टेररकै प्रयोग गरेर टेररकै भरमा शासन चलाउने । शाब्दिक हिसावले निर्वाचन भन्ने । देश, देशको राजनीति, यस्तो ट्रमाटाइजस्थितिमा छ, असंवैधानिक काम भयो, यो सरकार संवैधानिक ढंगले बनेन, यो सरकार संवैधानिक होइन भन्न नेकपा एमाले बाहेक अरु दल छैन । दुःखको कुरा । राजनीतिक यति धेरै त्रसित अवस्थामा पुगेको छ । नेकपा एमाले मात्रै एउटा हो जसले सही कुरा देख्न सक्छ र सही कुरा भन्नसक्छ । अरु कसैभित्र दम छैन । प्रतिगमनलाई प्रतिगमन भन्न नसक्ने, अझ कुतर्क गर्छन्, विभिन्न समयमा संसद विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ ।’

अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालप्रति लक्षित गर्दै अरु बेला पनि संसद विघटन भएको थियो यो कसरी असंवैधानिक भन्दै कुतर्क गरेको आरोप लगाउनु भयो । संयोजक दाहालको भनाइ तर्क र विवेक शुन्यताको उपज भएको जिकिर गर्नुभयो ।