१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्लिल तस्बिर र भिडियो देखाएर धम्क्याउँदै पटक/पटक करणी गर्ने पूर्वडिएसपी पक्राउ



अ+ अ-

करणीको आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार साँझ ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिएको हो । परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार पक्राउ परेका पूर्वडिएसपी खिउजूलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिनेछ । पूर्वडिएसपी खिउजुले पटक/पटक करणी गरेको भन्दै महांकाल गाउँपालिकाकी २१ वर्षीया एक युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

युवतीले २२ माघमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ गर्ने अनुमति दिएको हो । प्रहरीले उनलाई फरारको सूचीमा राख्दै आएको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरीप्रमुख रहेका वेला खिउजूले डर धम्की दिँदै पटक/पटक यौनहिंसा गरेको युवतीले आरोप लगाएकी थिइन् । खिउजू साउन ०७६ मा सरुवा भई मोरङ पुगेका थिए । युवतीले जाहेरी दिन लागेको थाहा पाएपछि उनले गत पुसमै राजीनामा दिएका थिए ।

सुरक्षा गार्डको जागिर खान प्रहरी सिफारिस आवश्यक परेपछि ती युवती मंसिर ०७५ मा प्रहरी वृत्तमा पुगेकी थिइन् । त्यसैवेला खिउजूले उनलाई पहिलोपटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यसवेला खिउजूले चलाखीपूर्ण तरिकाले भिडियो रेकर्ड गरी युवतीलाई ६ महिनासम्म जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । युवतीले पहिलोपटक खिउजूले आफ्नै कार्यकक्षमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । यस्तै, युवतीको डेरामा समेत पुगेर नग्न तस्बिर र भिडियो देखाएर धम्क्याउँदै पटक/पटक बलात्कार गरेको ती युवतीको दाबी छ । नयाँ पत्रिका दैनिक