२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङ मार्ग निर्माण सुचारु



अ+ अ-

काठमाडौँ । बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो । मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धादिङतर्फको निर्माण कार्य अवरुद्ध रहेको थियो । धादिङका प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ थापा, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेल र स्थानीय सरोकारवालाबीच सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो ।

आयोजना प्रमुख खरेलले सुरुङ मार्गको धादिङतर्फको प्रवेशद्वार सिस्ने भन्ने ठाउँमा रहेको जग्गा विवादबारे स्थानीयवासीसँग सहमतिपछि निर्माण कार्य सुचारु भएको जानकारी दिए । सरकारले निर्माण क्षेत्रमा पर्ने जग्गा श्री ५ को वायुगुठी अन्तर्गत रहेको हुनाले यस क्षेत्रका बासिन्दाले व्यक्तिगत अथवा रैकर जग्गाको तुलनामा कम मुआब्जा पाउने बताउँदै आएका छन् । जग्गा भोगचलन गरिरहेका कतिपयको लालपुर्जा पनि नरहेको बताइएको छ । सरकारले यस्ता जग्गाको मुआब्जा दिँदैन । स्थानीयवासीले भने फिल्डबुकका आधारमा अन्य जग्गा सरह नै आफूले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निर्णय गरेको अवस्थामा जग्गाको फिल्डबुक र स्रेस्ताका आधारमा शतप्रतिशत मुआब्जा दिन सक्ने आयोजना प्रमुख खरेलले बताए । आयोजना प्रमुख खरेलले सिस्नेमा रहेको जग्गा तत्कालीन श्री ५ को वायुगुठी जग्गा हो । गुठी नियमावलीमा गुठीको जग्गामा एक तिहाइ मात्र मुआब्जा दिने व्यवस्था गरिए पनि शतप्रतिशत मुआब्जा दिनुपर्ने स्थानीयवासीको माग छ । त्यसैगरी जग्गाधनी प्रमाणपत्र नहुनेले फिल्डबुकमा भएको नामका आधारमा मुआब्जा पाउनुपर्ने मागका कारण र आयोजनाले दिइसकेका ४६ वटा घरटहरा धनीले अहिलेसम्म नहटाउँदा निर्माण कार्य अगाडि बढाउन थप समस्या उत्पन्न भएको छ भने ।

मन्त्रिपरिषद्को निर्णयबाट मात्र गुठीको जग्गालाई शतप्रतिशत मुआब्जा दिन सक्ने स्पष्ट पार्दै उनले करिब तीन रोपनी जग्गाको मुआब्जाका लागि आयोजनाले दुई करोड रुपियाँको चेक तयार पारे पनि सम्बन्धित जग्गाधनी चेक लिन नआएको बताए । सुरुङ मार्ग निर्माणका लागि धादिङतर्फ कुल १०९ रोपनी अधिग्रहण गर्नुपर्नेमा आयोजनाले ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने देखिएको छ । मुआब्जा दिनुपर्ने ४४ रोपनीमध्ये २६ रोपनी श्री ५ को वायुगुठीको नाममा रहेको आयोजनाले जनाएको छ । हाल काम सुचारु भए पनि स्थानीयवासीको माग सम्बोधन नभए एक महिनापछि पुनः निर्माण अवरुद्ध हुनसक्ने बताइएको छ । गोरखापत्र दैनिक