२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीको मोटरसाइकल किन्ने पक्राउ



अ+ अ-

बाग्मती। ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित आज एक जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा४०प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवालाई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका–७ हरियालीस्थित सडकखण्डमा प्रहरी टोलीले जाँच गर्ने क्रममा वाइवालाई पक्राउ गरिएको बताउनुभयो ।

मोटरसाइकलका कागजपत्र नपाइएपछि थप अनुसन्धान गर्दा खातीले चोरी गरेर बिक्री गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

खाती गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँबाट फरार भएका थिए । केही दिनअघि प्रहरीले उनलाई पुनः पक्राउ गरी कारागार पठाएको जनाएको छ । रासस