२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई कफी खेतीमा प्रोत्साहन, युवालाई वारिष्टा तथा ‘हस्पिटालिटी’ तालिम



अ+ अ-

लुम्बिनी। किसानलाई कफी खेतीमा प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने र सेवा क्षेत्र तथा पर्यटन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्ने लक्ष्यसहित यहाँ तालिम दिइएको छ ।

यही लक्ष्यसहित नौ वर्षदेखि लुम्बिनी वारिष्टा एन्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले अन्तरराष्ट्रिय मापदण्डअनुसार  वारिष्टा तथा हस्पिटालिटी तालिम उपलब्ध गराउँदै आएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ स्थित मिलनचोकमा रहेको उक्त ट्रेनिङ सेन्टरले अन्तरराष्ट्रियस्तरकै पूर्वाधार र प्रशिक्षकबाट तालिम दिएर स्थापनाको छोटो समयमा नै पाँच हजारभन्दा बढी युवालाई स्वरोजगार बनाउन सफल भएको जनाएको छ ।

कम्पनीले तालिमसँगै कफीको खेती हुने गाउँमा पुगेर विज्ञसहित किसानलाई प्रोत्साहित गर्ने, बिरुवा उमार्ने, मल–पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि ‘रेड चेरी’ सङ्कलन र प्रशोधनका व्यावहारिक सीपसमेत दिँदै आएको छ ।

‘कफी जोन’का रूपमा विकास भइरहेको गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरमा त्यहाँका किसानसँग सहकार्य गरेर कफीको खेती, नर्सरी, चेरी सङ्कलन, ग्रेडिङ र प्रशोधनका काम पनि भइरहेका  ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक शङ्कर शर्माले बताउनुभयो । यसलाई बिस्तार गरेर केही वर्षमै कफीका एक लाख बिरुवा उत्पादन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

“नेपालमा हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ । त्यही अभावलाई पूर्ति गर्ने, युवापुस्तालाई अन्तरराष्ट्रियस्तरमै रोजगारी पाउन सक्नेगरी दक्ष बनाउने गरी तालिमहरु सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“यसबाहेक मागअनुसार उत्पादन नहुँदा विदेशबाट बर्सेनि करोडौँ मूल्यको कफी आयात भइरहेको छ ।

यसलाई मध्यनजर गरी कफी खेती गर्न चाहने किसानलाई आवश्यक तालिम, बिरुवा र प्राविधिक सहयोगसमेत उपलब्ध गराएर उत्पादन बढाउने, नेपाली ब्रान्डको कफी अन्तरराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यसहित काम गरिरहेका छौँ ।”

उक्त कम्पनीका अध्यक्ष सूर्य जिसीले हाल १२ जना प्रशिक्षकले वारिष्टा, बेकरी र सुसीको आधारभूत, एडभान्स र प्रोफेसनल तालिम दिँदै आएका बताउनुभयो । तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

“हामीले कागजी प्रमाणपत्रका लागि मात्र होइन, स्वदेश तथा विदेश दुवैतिर अवसर दिलाउने गरी व्यावहारिक सीप सिकाउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ तालिम लिइसकेपछि विद्यार्थीहरू सोझै काम गर्न सक्ने गरी तयार हुन्छन् ।”

कम्पनीले तिलोत्तमाको मणिग्राम, भैरहवा र कपिलवस्तुको जितपुरमा शाखा बिस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।

भैरहवा शाखाका प्रबन्धक लक्ष्मी रिजालले भारतबाट समेत युवाहरू तालिम लिनका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार बोल्न, सुन्न नसक्ने व्यक्तिहरूले पनि तालिम लिएर आत्मनिर्भर भएको बताउनुभयो ।