२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने



फाइल फोटो
अ+ अ-

सिरहा। यहाँको लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानबाट हालसम्म हजारौँ विपन्न नागरिक लाभान्वित भइसकेका छन् ।

आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको नगरपालिकाले निःशुल्क उपचार सेवा सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहेको हो ।

यसै क्रममा आज आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १७५ जनाले सेवा पाएका छन् । लहान–२० र २१ मा सञ्चालित उक्त  शिविरमा १७५ जनाले आँखा जाँच गराएका हुन् ।

आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार जाँच गरिएकामध्ये ५८ जनामा मोतियाविन्दु पत्ता लागेको छ ।

पहिचान भएका सबै बिरामीको निःशुल्क शल्यक्रियाका लागि नगरबसबाट सगरमाथा अस्पतालसम्म पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

संयोजक यादवले भन्नुभयो, “आजको शिविरबाट मोतियाविन्दुका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका ५८ जना बिरामी पहिचान भएका छन् । उहाँहरूको सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । विपन्नका लागि रु पाँच हजारदेखि रु १० हजारसम्म खर्च लाग्ने शल्यक्रिया निःशुल्क हुँदा उहाँहरूमा नयाँ उत्साह थपिएको छ ।”

लहान नगरपालिकाको २४ वटै वडामा तीन वर्षदेखि सञ्चालन गरिरहेको यस शिविरले विपन्न समुदायको आँखाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको छ ।

शिविर संयोजक यादवले दिनुभएको हालसम्मको तथ्याङ्कअनुसार एक हजार ९०५ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सात हजार बिरामीलाई औषधि र तीन हजारलाई निःशुल्क चस्मा दिइएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न नागरिकको निःशुल्क आँखा जाँच र शल्यक्रियाका लागि नगरले हालसम्म रु २५ लाख खर्च गरेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो कार्यकालमा आँखा रोगबाट पीडित कुनै पनि विपन्न समुदाय नरहने दाबी गर्दै यो वर्ष करिब एक हजार जनाको मोतियाविन्दुको निःशुल्क उपचार गर्ने योजना रहेको बताउनुभयो ।

गाउँगाउँमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने नगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले ‘दृष्टि नहुनेहरूका लागि लहान नगरपालिका सहारा बनेको’ बताउनुभयो ।

लहान नगरपालिकाले थालेको यो प्रेरणादायी अभियान मधेस प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार भइरहेको छ । अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार लहानसहित सिरहा र सप्तरीका १७ वटा पालिकामा यस किसिमको शिविर तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ ।

लहान नगरपालिकाको यो कदमले अन्य पालिकालाई पनि विपन्नको स्वास्थ्य सेवामा लगानी गर्न प्रोत्साहन दिएको उहाँको भनाइ छ ।




भर्खरै