२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार



अ+ अ-

ओखलढुङ्गा। जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिर्नुभएका तामाङ अचानक चेपमै अड्किनुभएको थियो ।

तामाङ करिब १०/१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उहाँलाई सकुशल उद्धार गरेको छ । तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ । रासस