२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।

आज बसेको प्रेस चौतारी पदाधिकारी बैठकले पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा हालका अध्यक्ष गणेश पाण्डेलाई खुलातर्फ र महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरेको हो । प्रेस चौतारी एमालेको जनसङ्गठनका रूपमा रहेको छ ।

यस्तै, नेपाल बुद्धिजीवी परिषद्बाट खुलातर्फ गोविन्दबहादुर शाही, सरोजकुमार रेग्मी, पदमबहादुर विक तथा महिलातर्फ सृजना घिमिरे र डा टीका ढकाल पनि सर्वसम्मत चयन हुनुभएको छ ।

आज एमालेले महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि चयन गरिरहेको छ । एमाले महाधिवेशन यही मङ्सिर २७-२९ मा हुँदैछ । रासस