१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ ।

आज बसेको प्रेस चौतारी पदाधिकारी बैठकले पूर्वअध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत तथा हालका अध्यक्ष गणेश पाण्डेलाई खुलातर्फ र महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवाल र मिना विश्वकर्मालाई प्रतिनिधि चयन गरेको हो । प्रेस चौतारी एमालेको जनसङ्गठनका रूपमा रहेको छ ।

यस्तै, नेपाल बुद्धिजीवी परिषद्बाट खुलातर्फ गोविन्दबहादुर शाही, सरोजकुमार रेग्मी, पदमबहादुर विक तथा महिलातर्फ सृजना घिमिरे र डा टीका ढकाल पनि सर्वसम्मत चयन हुनुभएको छ ।

आज एमालेले महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि चयन गरिरहेको छ । एमाले महाधिवेशन यही मङ्सिर २७-२९ मा हुँदैछ । रासस