५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ मा निर्वाचन हुँदैनः दुर्गा प्रसाईं



फाइल फोटो
अ+ अ-

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको छ ।

शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गर्नुभएको हो । उहाँले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गर्नुभयो । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उहाँले आफूले हालसम्म कुनैपनि भ्रटाचार र अनियमितता नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरुको पनि जात एउटै हो । विगतका सरकार भन्दा फरक छैन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी ? मैले कुनै अनियमितता गरेको छैन ।’ 

उहाँले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरुसहित भेटवार्ता गर्ने बताउनु भयो । २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउनु हुँदै माग पूरा नभए आन्दोलन हुने बताउनु भयो । उहाँले आफ्नो माग नाजायज नरहेको बताउनु भयो ।–




भर्खरै