१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले आज देशैभर महाधिवेशन प्रतिनिधि छान्दै, प्रतिस्पर्धा तीव्र



अ+ अ-

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनका लागि आज देशका धेरैजसो ठाउँमा प्रतिनिधि छनोट गर्दै छ । प्रतिनिधि चयनमा रस्साकस्सी छ । भोलिसम्म सबै प्रतिनिधि चयन गर्ने कार्यतालिका छ ।

आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्ष आफ्ना प्रतिनिधि चयनको गृहकार्यमा छन् ।

एमालेमा भूगोलबाट १ हजार १ सय ३५ चयन हुन्छन् । त्यसका लागि सबै जिल्लामा संयन्त्र परिचालन भएका छन् । अरू केन्द्रीय कमिटी, विभाग, विशेष समितिबाट चुनिनेछन् ।

एमालेमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने भएकाले प्रतिनिधि चयनको हिसाबकिताब पनि सुरु भएको छ । एमालेको ११ औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने छ ।

कुल महाधिवेशन प्रतिनिधि २ हजार २ सय हुने छन् ।