५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टको ४९औँ प्राज्ञसभा सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) को ४९औँ प्राज्ञसभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । सभाले नास्टको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आव २०८२/८३ मा नास्टमा सञ्चालन गरिने कार्यक्रमहरू पनि स्वीकृत गरेको छ ।

सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ रु ३४ करोड ९४ लाख, पुँजीगततर्फ रु दुई करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट रु ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट रु दुई करोड २४ लाख ९५ हजार गरी कुल रु ४० करोड ४७ लाख ९५ हजारको वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ ।

आव २०८१/८२ को लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका विषयहरूमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ । ४९औँ प्राज्ञसभाले नास्टबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले नास्ट स्थापनाको चार दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के–कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।

नास्टका उपकुलपति प्रा डा दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरूमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशीलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

नास्टका सचिव डा रवीन्द्रप्रसाद ढकालले कार्यसूचीहरू अनुमोदनका लागि प्राज्ञसभासमक्ष प्रस्तुत गर्नुभएको थियो । प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा डा विजया पन्तले गर्नुभएको थियो । रासस