२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा



अ+ अ-

काठमाडौँ:  पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । आज रास्वपाले उहाँलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ ।

रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत रहने उम्मेदवार छनोट अडिट समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी, विभिन्न केन्द्रीय विभाग तथा आयोगमा पनि १५ जनाको नयाँ मनोनयन गरिएको छ ।

आजै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाइएको जनाएको छ । सो पार्टीको आजको सचिवालय बैठकले पार्टी एकता घोषणा कार्यक्रमबारे छलफल गर्न आजै केन्द्रीय समितिको बैठक डाकिएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च संवाद समितिले प्रस्तुत गरेको प्रगतिसहित परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने प्रक्रियामा उल्लेख्य उपलब्धि नजिकिएको बैठकमा जानकारी गराइएको थियो ।रासस