४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः संयोजक दाहाल

देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः संयोजक दाहाल
अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा (एमाले)का नेताहरुलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गर्नुभयो । उहाँले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरुका जायज मागहरु सम्बोधन गर्न वाम एकता गरेको बताउनु भयो । उहाँले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरुलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म नेकपा एमालेभित्र रहेका सबै क्रान्तीकारी नेताहरुलाई पनि गहिरो गरी विचार गर्न, चिन्तन गर्न र वृहत शक्ति निर्माण गरेर यो राष्ट्रको रक्षा गर्ने, यसको स्वाधिनताको रक्षा गर्ने, भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम सत्ताको रक्षा गर्ने कुरामा गम्भीर भएर धुव्रिकृत हुनको लागि हामी विषेश रुपले अपिल गर्न चाहान्छौं । यो सभामार्फत देशभरीका अन्य वामपन्थी क्रान्तीकारीहरुलाई पनि अब बिना कुनै पूर्वाग्रह  एउटा वृहत शक्ति निर्माण गरेर नयाँ समाजवाद निर्माणको संकल्पमा अगाडि आउन म अपिल गर्न चाहन्छु । म देशभरका देशभक्त जनतालाई पनि अपिल गर्न चाहान्छु । २३ गतेको जेनजी आन्दोलन र त्यसका मुद्दाहरु हामीहरुले उठाउँदै आएका माग मुद्दाहरु थिए । हामीले युवाहरुको त्यो आन्दोलन जायज छ भनेर शुरुमै समर्थन गरेका थियौं । हामीले युवाहरुको आन्दोलनमा सरकारले बल प्रयोग नगरोस् भनेर खबरदारी समेत गरेका थियौं । तर दुर्भाग्य २३ गते ठूलो नसंहार भयो ।’

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गर्नुभयो । आफूले संसद विघटन गर्दा ठिक भन्ने अहिले संसद पुनःस्थापनाको माग माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उहाँको आरोप छ ।