२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुद बनाइने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । गहृमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुद बनाइने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज मधेस प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारीसँग भएको भेटमा उहाँले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटमा गृहमन्त्री अर्यालले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने विश्वास दिलाउनुयो । उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गर्नुभएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सो क्रममा उहाँहरूबीच समग्र मुलुकको शान्तिसुरक्षा, अपराध नियन्त्रण, प्रदेश–सङ्घीय सुरक्षा समन्वयलगायत पक्षलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको थियो ।