२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकृतिका कारण सहकारी बद्नाम



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ भन्ने नारासहित प्रादेशिक गोष्ठीमा उहाँले सहकारीले वर्षैपिच्छे अनुदान मात्र लिने परिणाम दिन नसक्दा विपन्न वर्गको आर्थिकस्तरमा सुधार आउन नसकेको बताउनुभयो ।

उहाँले सहकारीले जनताको जीविकोपार्जनमा टेवा पुर्याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो पटक सहकारी दर्ता गर्नेक्रम बढेको बताउँदै एउटै प्रकृतिका सहकारी मर्जर गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले देशको आर्थिक विकासका लागि महत्वयूर्ण योगदान दिँदै आएको बताउनुभयो ।