१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

जबजको उपदेयता अझै रहेको छ : नेपाल

जबजको उपदेयता अझै रहेको छ : नेपाल
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय जनवाद’ विषयकको छलफल कार्यक्रममा उहाँले जबजको नामकरण गर्न आफ्नो पनि भूमिका रहेको उल्लेख गर्दै जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने बताउनुभयो ।

उहाँले कतिपयले जबजलाई माक्र्सवादको विचलन भनी लगाएको आरोप आफूले सुन्ने गरेको बताउँदै जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्नेमा जोड दिनुभयो । मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिनुभयो ।

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको हो भन्दै पूर्वप्रधानन्त्री नेपालले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । “समाजवाद नै अहिलेको ध्येय हो । त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । गत भदौदेखि शुरु गरिएको शृङ्खलाबद्ध छलफलमा नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसक्नुभएको छ ।