४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

सूचना प्रविधिको उपयोग गर्दै नेपाः भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह

सूचना प्रविधिको उपयोग गर्दै नेपाः भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह
अ+ अ-

पाटन । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाः भाषा मंका खलःका नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।

नेपाः भाषा मंका खलःको १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सूचना प्रविधिले फड्को मारिरहेको युगमा नेपाः भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकता राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गर्नुभएको हो ।

“मंका खलःले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ । ललितपुर महानगरले नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न तयार छ”, महानगरप्रमुख महर्जनले भन्नुभयो,“बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं । सूचना प्रविधिको प्रयोग गरी नेपाः भाषालाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ ।”

मंका खलःको प्रमुख उद्देश्य र दायित्व नै भाषा, संस्कृति तथा सम्पदालाई प्राथमिकतामा राखेर काम गर्नु हो भन्दै उहाँले यसका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

मंका खलःका अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपाः भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएको उल्लेख गर्दै आफ्नोे परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने बताउँदै यसका लागि महानगरलगायत सबै सरोकार भएकाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपाः भाषा मंका खलःले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उहाँले नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु पनि आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो । रासस