१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव विधि विज्ञान प्रयोगशाला विधेयक ‘डीएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छः डा. लेखजंग थापा विद्यमान समस्या समाधान गर्न तीन तहबीच समन्वय आवश्यकः सञ्चारमन्त्री मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटमार्फत आमाको सम्मान र प्रकृति संरक्षणको सन्देश



अ+ अ-

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।

आज यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको छ । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले आज आमाको नाम लेखिएको जर्सीमा खेलेको हो ।

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छाैँ ।”

यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ ।

पोखराले जर्सी परिवर्तन गर्दै आज हरियो जर्सीमा खेलिरहेको छ । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।” रासस