२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छः राजेन्द्र श्रेष्ठ



अ+ अ-

काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताउनुभएको हो ।

उहाँले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताउनु भयो । राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उहाँको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जेन जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो । अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ । विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छ । यो कुरा काँग्रेस एमालेले उठाएको छ ? यो कुरा नेपाली कम्युनिष्ट पार्टीले आज उठाएको छ, त्यसैले हामी नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरेका हौँ ।’

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रबाट अब संघीय समाजवादतर्फ अघि बढ्नुपर्ने जरुरी रहेको बताउनु भयो ।